August 17, 2022, Wednesday
२०७९ भाद्र १, बुधबार

माओवादीको विधान मस्यौदा अनुमोदन, १५ पदाधिकारी र २९९ सदस्यीय कमिटी रहने

काठमाडौं, नेकपा माओवादी केन्द्रको विधान मस्यौदा अनुमोदन भएको छ । माओवादीको अन्तिम केन्द्रीय समिति बैठकमा प्रस्ताव गरिएको विधान मस्यौदा परिमार्जनसहित ८औं महाधिवेशनको बन्दसत्रबाट पारित भएको हो ।

उक्त अनुमोदित विधानअनुसार माओवादीको केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ भने १५ जना पदाधिकारी रहने छन् । पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ ।

यसैगरी पदाधिकारीलाई समावेशी बनाउने उल्लेख गरिएको छ भने केन्द्रीय समितिमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी मिलाइने व्यवस्था रहेको छ । १५ प्रतिशत सदस्य मनोनीत गरिने छ । यसअघि १० प्रतिशत मात्रै मनोनीत हुने व्यवस्था थियो ।

विधान पारित भएलगत्तै बन्दसत्रस्थल प्रज्ञा प्रतिष्ठानमै स्थायी कमिटी बैठक जारी छ भने बैठकपछि निर्वाचन प्रक्रिया शुरु हुनेछ ।

शीर्ष समाचार

धेरै पढिएको