April 1, 2023, Saturday
२०७९ चैत्र १८, शनिबार

र्‍यापर लाउरेसहित चार जनालाई ८ दिन थुनामा राख्न अनुमति

काठमाडौं, गत बुधबार लागूऔषधसहित पक्राउ परेका र्‍यापर आशिष राना (लाउरे)सहित चार जनालाई आठ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीले पोखराबाट पक्राउ परेका चारै जनालाई आठ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । १३.०१ ब्राउन सुगरसहित पक्राउ परेका उनीहरू चारै जनालाई कास्की प्रहरीले शुक्रबार दिउँसो सार्वजनिक गरेको छ ।

र्‍यापर लाउरेसँगै पोखरा १७, छोरेपाटन बस्ने ३९ वर्षीय ध्रुवबहादुर थापा, पोखरा १ बगर बस्ने नवीनकुमार गुरुङ, पोखरा ८ सभागृह बस्ने २२ वर्षीय सुस्मिता गुरुङलाई लागूऔषध खरिदबिक्री भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको थियो । यसअघि उनीहरूलाई नियन्त्रणमा लिएपछि तलासी गर्दा ०.५१ ग्राम ब्राउन सुगर भेटिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको