November 24, 2020, Tuesday
२०७७ मंसिर ९, मंगलवार

मास्क प्रयाेग नगरी हिड्ने ४ लाख नागरिक प्रहरीकाे नियन्त्रणमा,आफ्नै लागि पनि किन सचेत छैनन् मानिस ?

काठमाडौं , सरकारले मास्क नलगाई हिँड्ने करिब चार लाखभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । गृहमन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार मास्क नलगाई हिँडेका चार लाख १९ हजार ५ सय ३८ जनालाई नियनत्रणमा लिइएको हो ।

जसमध्ये तीन लाख ५४ हजार आठ सय २४ जनालाई सम्झाएर छाडिएकोछ र ३९ हजार पाँच सय ७ जनलाई मास्क दिएर छाडिएको र २५ हजार दुई सय सात जनालाई कारबाही गरिएको गृहमन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

याे विवरण हेर्दा जनता आफ्नै सुरक्षाको लागि पनि गम्भीर नरहेकाे देखिन्छ । साथै अनुमति नलिई काठमाडौं उपत्यका भित्रिन खोजेका सात हजार तीन सय ३५ वटा सवारी साधन र १९ हजार चार सय ८६ जना व्यक्तिलाई उपत्यकाको नाकाबाटै फिर्ता पठाइएको गृहमन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको