April 2, 2023, Sunday
२०७९ चैत्र १९, आईतवार

मौसममा सुधार: प्रभावित आन्तरिक उडान सुचारु

file photo

काठमाडौं, प्रतिकुल मौसमका कारण प्रभावित भएको आन्तरिक उडान फेरि सञ्चालन भएको छ । मंगलबारको लगातार मौसम खराबीले हवाई उडानमा समस्या देखिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज आन्तरिक उडान भइरहेको जनाएको छ । आज मौसममा क्रमिक सुधार भइरहेकाले उपत्यकाबाट हुने आन्तरिक उडान नियमित भइरहेको छ ।

यसैगरी पश्चिमी न्यून चापिय प्रणाली र भारतको विहार आसपासमा रहेको न्यून चापिय क्षेत्रको प्रभाव आज पनि देशका केही स्थानमा देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारको तुलनामा आज मौसममा धेरै सुधार भएको छ ।

देशभर बिहीबार आंशिकदेखि सामान्य बदली रहि केही स्थानमा वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ ।

आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको केही स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने महाशाखाले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको