April 2, 2023, Sunday
२०७९ चैत्र १९, आईतवार

थप २२० जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

काठमाडौं पुस १४ गते । गएको २४ घण्टामा नेपालमा २२० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६०८ जनामा कोरोना परिक्षण गर्दा पीसीआर विधिबाट २०९ जना र एन्टीजेन परिक्षण विधीबाट ११ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै गत २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । थप २५३ जना संक्रमित डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा कुल संक्रमितमध्य ९८ प्रतिशत डिस्चार्ज भैसकेका छन् । नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको कुल संख्या भने ११ हजार ५९० जना पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको