छिटो राजसंस्था नफर्किए देशको अस्तित्व नै खतरामा: अध्यक्ष लिङ्देन

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था नफर्किए देशको अस्तित्व नै खतरामा पर्ने बताएका छन् । बुधबार राजधानीमा राजा वीरेन्द्र शाहको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, “सिक्किम सिक्किमकै रुपमा छ । तर, सिक्कम भन्ने देश छैन । पछिल्लो दिनमा त्यही खतरा हाम्रो देशले बोकिराखेको छ । जतिसक्दो छिटो राजसंस्था नफर्किए देशको अस्तित्व नै खतरामा पर्नेछ । राजसंस्था देशलाई विलय हुनबाट जोगाउने आधार हो । “
राजनीतिक दलका नेताहरु बदनाम भएको भन्दै नेता भन्दा राजा बढी देशभक्त हुन्छन् भन्ने प्रमाणित हुँदै गएको उनको भनाइ छ । विदेशीसँग झुक्नुभन्दा राजनीतिक दलसँग हातेमालो गर्न तत्कालीन राजा वीरेन्द्र तयार भएको उनले स्मरण गरे ।
प्रतिकृया दिनुहोस्