September 29, 2023, Friday
२०८० आश्विन १२, शुक्रबार

चिसो ह्वात्तै बढेपछि जनजीवन कष्टकर, पठनपाठन समेत प्रभावित

file photo

काठमाडौं, गए रातिबाट परेको लगातार वर्षाका कारण जाजरकोट, रुकुम पश्चिम र डोल्पाको जनजीवन प्रभावित भएको छ ।

उपल्लो डोल्पा, जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको उच्च भाग र चन्द्रागिरिमा हिमपातसमेत जारी छ । हिमपातसँगै मुलुकको अधिकांश ठाउँको सञ्चार सेवासमेत प्रभावित भएको छ । 

जाडोका कारण जनजीवन कष्टकर भएको डोल्पाको कुम्ली विद्यालयका शिक्षक जयकृष्ण हमालले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । उनका अनुसार आज बिहानै घाँस सङ्कलन गर्ने काम ठप्प भएपछि पशुचौपायलाई खुवाउने आहाराका लागि समस्या भएको स्थानीयले बताएका छन् ।

यसैगरी चिसो अत्यधिक बढेपछि पठनपाठन प्रभावित बनेको छ भने निरन्तर पानी परेपछि यातायात सेवामासमेत समस्या भएको हो । 

शीर्ष समाचार

धेरै पढिएको