एक वर्षदेखि बन्द स्मार्ट लाइसेन्स छपाइ फेरि सुरु

काठमाडौं, कार्ड नभएकाले एक वर्षदेखि छपाइ बन्द रहेकोमा यातायात व्यवस्था विभागले हाल सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ सुरु गरेको छ ।
फ्रान्सबाट १४ लाख प्रति कार्ड आएपछि छपाइ सुरु गरिएको हो । मङ्गलबारबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवको सहभागीतामा लाइसेन्स छपाइ सुरु गरिएको विभागले जनाएको छ ।
यसैगरी विभागका अनुसार तीन सिफ्टमा दैनिक सातदेखि १० हजार प्रति कार्ड छाप्ने छ भने एक महिनाभित्रै लाइसेन्स दिने व्यवस्था मिलाइएको छ ।
विभागका प्रवक्ता डा लोकनाथ भुसालले सञ्चारमाध्यमसँग भने, “बाँकी रहेका लाइसेन्सलाई पहिलो प्राथमिकता दिएर छपाइ हुनेछ । आवेदन दिएकामध्ये २५र३० प्रतिशतले ट्रायल पास गर्छन् । अब थप सात लाख प्रति लाइसेन्स आए पनि सेवा दिन सकिन्छ ।”
प्रतिकृया दिनुहोस्