सातबुँदे माग पूरा नभए फेरि अनशन बस्ने डा. केसीको चेतावनी

काठमाडौं, डा. गोविन्द केसीले धरानस्थित बीपी प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्न माग गरेका छन् । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसलीले एक विज्ञप्ति जारी गर्दै सरकारसँग सातबुँदे माग अघि सारेका हुन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘बीपी प्रतिष्ठानका भ्रष्ट पदाधिकारीहरूलाई बर्खास्त गरेर कारबाही गर्ने, सार्वजनिक पदमा हुने स्वार्थको द्वन्द्व रोक्न कानुन बनाउने तथा विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिका लागि मापपण्ड बनाउनेजस्ता दीर्घकालीन सुधारका कामहरू गर्ने प्रधानमन्त्री देउवाका प्रतिबद्धताहरू पूरा नहुँदा सुधार र सुशासनको प्रक्रिया नै अवरुद्ध भएको छ ।’
यसैगरी सातबुँदे माग पूरा नभए सत्याग्रह सुरु गर्ने उनले चेतावनीसमेत दिएका छन् । उनले भने, ‘मागहरू तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँदै त्यसो नभएमा कुनै पनि बेला सत्याग्रह सुरु गर्ने जानकारी गराउन चाहन्छौँ ।’
प्रतिकृया दिनुहोस्