आजको मौसम: पहाडी तथा हिमाली क्षेत्रका केहि स्थानमा हिमपातको सम्भावना

काठमाडौं, जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही धेरै भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रममा गिरावट आउने सम्भावना रहेको जनाएको छ ।
आइतबार देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।
यसैगरी पहाडी भू-भागको एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको मौसम विभागले जनाएको छ । यस्तै देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेकोछ ।
प्रतिकृया दिनुहोस्