September 28, 2023, Thursday
२०८० आश्विन ११, बिहीबार

थप १६७ जनामा कोरोना पुष्टि, एकको मृत्यु

काठमाडौं, शनिबार नेपालमा १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट गरिएको ६ हजार ४४७ परीक्षणबाट १६७ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा हालसम्म ८ लाख २७ हजार ५८ जना संक्रमित भएका छन् । गत २४ घण्टामा २२६ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना निको हुनेको संख्या ८ लाख १० हजार ४९७ पुगेको छ ।

सोही अवधिमा कोभिडबाट १ जनाको ज्यान गएको छ । कोरोनाबाट हालसम्म ११ हजार ५८३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमित संख्या ४ हजार ९७८ जना छन् भने पछिल्लो २४ घण्टामा २ लाख ५५ हजार ४५८ जनाले खोप लगाएका मन्त्रालयको जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको