April 1, 2023, Saturday
२०७९ चैत्र १८, शनिबार

चुनावसम्म संसद अवरोध गर्ने ओलीको चेतावनी

काठमाडौं, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले
चुनावसम्म संसद अवरोध हुने चेतावनी दिएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा एमालेले निर्वाचनसम्म शक्ति संघर्ष गरिरहने बताएका हुन् ।

एमसीसीका विषयमा सरकारको धारणा स्पष्टरुपमा आउनुपर्ने बताएका छन् । उनले भने, ‘एमसीसीका विषयमा व्यक्तिगतरुपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो? स्पष्ट हुनुपर्छ । आफूहरूले पार्टीबाट ‘निष्कासन गरेका मान्छेहरू’लाई राखेर सरकारले बोलाएको सर्वदलीय बैठकमा पनि जाँदैनौं । संसदमा सहभागी भए अवरोध पनि जारी रहन्छ ।’

शीर्ष समाचार

धेरै पढिएको