शेखर कोइरालाको वरियता २०औँ नम्बरमा तोकियो

काठमाडौं, नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाको वरियता २०औँ नम्बरमा तोकिएको छ । शनिबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सभापतिमा पराजित भएका उनको वरियता २०औँ नम्बर कायम गरेका हुन् ।
नयाँ वरियताअनुसार पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीपछि शेखर कोइरालालाई राखिएको छ भने सभापति देउवा र पार्टीका उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरु छन् ।
यसपछि पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री शशांक कोइराला, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, पूर्वसहमहामन्त्रीहरु अर्जनुनरसिंह केसी, रामशरण महत र सुनील थापा रहेका छन् ।
प्रतिकृया दिनुहोस्