August 11, 2022, Thursday
२०७९ श्रावण २६, बिहीबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक: दल दर्ता गर्ने जिम्मेवारी मुख्यसचिव पौडेललाई

काठमाडौं, नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बसेको छ । उक्त बैठकले पाँचवटा निर्णय गरेको छ ।

महामन्त्री गगन थापाका अनुसार नवनिर्वाचित पदाधिकारी एवं सदस्यलाई केन्द्रीय निर्वाचन समितिबाट प्रमाणपत्र पाएलगत्तै कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसेको हो ।

बैठकले महाधिवेशनपछिको अवस्थामा पार्टीमा सुदृढ एकता कायम गरेर अगाढि बढाउने संकल्प गरेको छ ।पार्टीको महाधिवेशनलाई सम्पन्न गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिने निर्णय गरेको छ ।

यसैगरी, बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारका लागि सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने, निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक गर्ने र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको