सबै नेपालीलाई आत्मसात गर्दै पार्टी अगाडि बढ्ने देउवाको प्रतिबद्धता

काठमाडौं, प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा सबैको प्रतिनिधित्व हुने बताएका छन् छ ।
आज ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा १४ औं महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
सोही अवसरमा बोल्दै ३३ प्रतिशत महिला, आदिवासी जनजातिलगायत सबै नेपालीलाई आत्मसात गर्दै पार्टी अगाडि बढ्ने बताए । उनले भने, ‘म सबैको सभापति हुँ । सबैको भावनाको कदर गर्दै पार्टी अगाडि बढाउँछु । सबैको साथका पाउने विश्वास व्यक्त गर्दछु।’
प्रतिकृया दिनुहोस्