April 1, 2023, Saturday
२०७९ चैत्र १८, शनिबार

थप २६० जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

काठमाडौं पुस ९ गते । गएको २४ घण्टामा नेपालमा २६० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९८ जनामा कोरोना परिक्षण गर्दा पीसीआर विधिबाट २३७ जना र एन्टीजेन परिक्षण विधीबाट २३ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै गत २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ । थप ३४९ जना संक्रमित डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा कुल संक्रमितमध्य ९८ प्रतिशत डिस्चार्ज भैसकेका छन् । नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको कुल संख्या भने ११ हजार ५८२ जना पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको