थप ६ लाख डोज फाइजर खोप नेपाल आइपुग्यो
- hamro_kantipur
- २०७८ पुष ९

काठमाडौं, थप ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप नेपाल ल्याइएको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका अनुसार आज बिहान उक्त खोप नेपाल ल्याइएको हो ।
हाल नेपाल ल्याइएको उक्त खोप टेकुमा भण्डारण गरिएको छ । पुस १३ गतेदेखि काठमाडौँ उपत्यकासहितका ८ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोर–किशोरीलाई फाइजर खोप लगाउने तय भइसकेको छ ।
नेपालले यसअघि कार्तिकमा कोभ्याक्स सुविधामार्फत १ लाख ६२० डोज फाइजर खोप प्राप्त गरेको थियो । उक्त खोप १२ वर्ष माथिका दीर्घ रोगीका बिरामीहरूलाई लगाइएको थियो ।


शीर्ष समाचार
- सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै, सीट बाँडफाँटबारे छलफल गरिने
- ५०० रुपैयाँले घट्यो सुनको मुल्य
- झापाबाट निर्वाचन लड्ने प्रवक्ता शर्माको घोषणा
- रुसमा आगोलागी हुँदा ६० घर जलेर नष्ट
- सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदै
धेरै पढिएको
-
निर्वाचन कार्यतालिका तय : असोज २३ गते उम्मेदवारी दर्ता हुने
२०७९ श्रावण २४ -
आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ
२०७९ श्रावण २४

प्रतिकृया दिनुहोस्