
काठमाडौं – नेपालमा आजमात्र ५२५ जना नयाँ संक्रमित थपिएका छन् ।याे सँगै कुल संक्रमितको संख्या २४ हजार ९५७ जना पगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार आज १०९ जना डिस्चार्ज भएका छन् याे सँगै १६ हजार ८३७ जना डिस्चार्ज भैसकेका छन् ।
आज थप ४ जनाकाे मृत्यु भएको छ नेपालमा काेराेना संक्रमित भई मृत्यु हुनेकाे संख्या ९५ पुगेका छन् ।






