
प्रधानमन्त्री शेरबहादुर देउवा पौषको अन्तिम साता भारत भ्रमणमा जाने भएका छन् । उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लागेका हुन् ।
भ्रमणको मितिको औपचारिक घोषणा नभएपछि त्यसको तयारी भइरहेको छ ।
भ्रमणको तयारीका लागि नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा पनि दिल्ली छन् । विश्वस्त स्रोतका अनुसार उनी २६ पौषमा भारतका लागि प्रस्थान गर्नेछन् ।
नेपाली काँग्रेसका सभापति समेत रहेका देउवा अर्को कार्यकालका लागि नेतृत्वमा निर्वाचित भइसकेका छन् । उनको पार्टीमा दुई तिहाई पकड देखिएको छ ।







