April 2, 2023, Sunday
२०७९ चैत्र १९, आईतवार

पुसको अन्तिम साता देउवा भारत भ्रमणमा जाने

 प्रधानमन्त्री शेरबहादुर देउवा पौषको अन्तिम साता भारत भ्रमणमा जाने भएका छन् । उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लागेका हुन् ।

भ्रमणको मितिको औपचारिक घोषणा नभएपछि त्यसको तयारी भइरहेको छ ।

भ्रमणको तयारीका लागि नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा पनि दिल्ली छन् । विश्वस्त स्रोतका अनुसार उनी २६ पौषमा भारतका लागि प्रस्थान गर्नेछन् ।

नेपाली काँग्रेसका सभापति समेत रहेका देउवा अर्को कार्यकालका लागि नेतृत्वमा निर्वाचित भइसकेका छन् । उनको पार्टीमा दुई तिहाई पकड देखिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको