January 21, 2022, Friday
२०७८ माघ ८, शनिबार

विदेश जानेलाई जोन्सन एन्ड जोन्सन खोप प्राथमिकतामा

काठमाडौं, सरकारले विदेश जानेलाई प्राथमिकता दिएर काठमाडौँका विभिन्न अस्पतालबाट जोन्सन एन्ड जोन्सनको खोप दिन सुरु गरेको छ ।

सैनिक अस्पताल छाउनी, शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीर अस्पताल, निजामती अस्पताल बानेश्वर, प्रसूति गृह थापाथली र टेकु अस्पतालबाट खोप लगाउन पाइनेछ ।

यी सात अस्पतालबाट जोन्सनसँगै कोभिसिल्ड र भेरोसेलको खोप पनि पाइने टेकु खोप महाशाखाका प्रमुख सागर दाहालले जानकारी दिएका हुन् । जोन्सन खोप भने विदेश जानेलाई प्राथमिकतामा राखेर दिन थालिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको