April 2, 2023, Sunday
२०७९ चैत्र १९, आईतवार

देशभर थप २ सय ९३ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

९ हजार ५१० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ४१ जना र २ हजार ११६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५२ जनामा गरी जम्मा २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २२ हजार ७५६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २ सय ६३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ९ हजार ९२२ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ११ हजार ६२६ जनाको परीक्षण हुँदा हालसम्म कुल ५५ लाख ९६ हजार २९० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५८१ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको