
काठमाडौं, बुधबार नेपालमा २१७ नयाँ कोरोना संक्रमित थपिएका छन् । मुलुकका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २३३ पीसीआर नमुना परीक्षणमा २१७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २७२ जना संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ ।
यस्तै ४ हजार ४३ जनाको एन्टिजेन परीक्षण गर्दा १९ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट २३६ जनामा कोभिड संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।







