April 2, 2023, Sunday
२०७९ चैत्र १९, आईतवार

उपत्यकामा जोन्सन एण्ड जोन्सन खोप लगाउन सुरु

काठमाडौं, नेपाल सरकारले बुधबारबाट विदेश जाने यात्रुलाई लक्षित गरेर जोन्सन एण्ड जोन्सन खोप लगाउन सुरु गरेको छ । एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप आजबाट राजधानीमा लगाउन सुरु गरिएको हो ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार उपत्यकाका विभिन्न अस्पतालबाट जोन्सन एण्ड जोन्सन खोप लगाउन सुरु गरिएको हो ।

उक्त खोप सैनिक अस्पताल, छाउनी, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल, बलम्बु, निजामती अस्पताल, नयाँ बानेश्वर, शिक्षण अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, रत्नपार्क, प्रसुति गृह, थापाथली र टेकु अस्पतालबाट लगाउने व्यवस्था गरिएको छ । यसैगरी प्रदेशमा पनि जोन्सन एण्ड जोन्सन खोप लगाउन निर्देशन दिइसकेको दाहालले जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको