आफ्ना भनाइ राख्दा लोकतान्त्रिक अभ्यासलाई ख्याल गर्न सभामुखको आग्रह

काठमाडौं, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले निरन्तर प्रतिनिधिसभा बैठक अवरुद्ध हुँदा जनतामा निराशाको भाव पैदा हुने खतरा बढेको बताएका छन् । उनले आफ्ना भनाइ राख्दा लोकतान्त्रिक अभ्यासलाई ख्याल गर्न समेत आग्रह गरेका छन् ।
पछिल्लो समय प्रतिनिधिसभा बैठकमा नेकपा एमालेले लगातार अवरोध गर्दा जनतामा निराशाको खतरा बढेको उनले बताएका हुन् ।
सभामुख सापकोटाले प्रतिपक्षी दललाई आग्रह गर्दै भने, ‘बैठकलाई सुचारु रुपमा सञ्चालन गर्ने वातावरण बनाएर आफ्ना कुरा पनि राख्ने अरुको पनि कुरा सुन्ने लोकतन्त्रको उच्चतम अभ्यासलाई तपाईंहरु बढी जानकार हुनुहुन्छ । मैले स्मरण मात्र गराउन खोजेको हो । म फेरि विशेष रुपमा यो बैठकलाई प्रभावकारी बनाउन, सञ्चालन गर्नका लागि तपाईंहरुलाई विशेष रुपमा आग्रह गर्दछु ।’
यसैगरी बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच प्रतिनिधिसभाबाट बुधबार चार वटा अध्यादेश स्वीकृत भएका छन् । गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट सूचना तथा सञ्चार, प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेस गरेकालाई अध्यादेश स्वीकृत भएका हुन् । यस्तै प्रतिनिधिसभाको अर्को बैठक यही पुस १८ गते आइतबार दिउँसो १ बजे बस्ने भएको छ ।
प्रतिकृया दिनुहोस्