April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

चीनमा भेटियो पूर्ण रूपमा संरक्षित डायनासोरको भ्रूण

बेइजिङ, कुखुराको जस्तै अण्डाबाट बच्चा निस्कने तयारीमा रहेको पूर्ण रूपमा संरक्षित डायनासोरको भ्रूण फेला परेको वैज्ञानिकहरूले घोषणा गरेका छन् । उक्त भ्रूण दक्षिणी चीनको गान्झाउमा फेला परेको थियो भने अनुसन्धानकर्ताहरूले उक्त भ्रुम कम्तिमा ६ करोड ६० लाख वर्ष पुरानो भएको अनुमान गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो दाँतविहीन थेरोपोड डायनासोर, वा ओभिराप्टोरोसौर हो भन्ने विश्वास गरिएको छ भने यसलाई बेबी यिंगलियाङ नाम दिइएको छ । अनुसन्धानकर्ता डा फियोन वैसुम माले यो “इतिहासमा पाइने सबैभन्दा राम्रो डायनासोर भ्रूण” भएको बताएका छन् ।

यस खोजले अन्वेषकहरूलाई डायनासोर र आधुनिक चराहरू बीचको सम्बन्धको बारेमा अझ बढी बुझेको बताए । जीवाश्मका अनुसार भ्रूण घुमाउरो स्थितिमा थियो जसलाई “टकिङ” भनिन्छ, जुन चराहरू निस्कनु केही समय अघि देखिने व्यवहार हो ।

“यसले आधुनिक चराहरूमा यस्तो व्यवहार पहिलो पटक तिनीहरूको डायनासोर पुर्खाहरूबाट विकसित र उत्पत्ति भएको संकेत गर्दछ,” डा माले एएफपी समाचार एजेन्सीलाई बताइन् ।

यस बेबी यिङलियाङको टाउकोदेखि पुच्छरसम्म १०.६ इन्च (२७ सेन्टिमिटर) लामो छ । रचीनको यिंगलिआङ स्टोन नेचर हिस्ट्री म्यूजियममा ६.७ इन्च लामो अण्डा भित्र सो भ्रुण रहेको छ ।

यसअघि अण्डा पहिलो पटक २००० मा पत्ता लगाइएको थियो, तर १० वर्षको लागि भण्डारणमा राखिएको थियो
। डायनासोरको शरीरको भाग अझै चट्टानले ढाकिएको छ र अनुसन्धानकर्ताहरूले यसको पूर्ण कंकालको छवि बनाउन उन्नत स्क्यानिङ प्रविधिहरू प्रयोग गर्नेछन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको