January 22, 2022, Saturday
२०७८ माघ ८, शनिबार

थप २९० जनामा कोरोना संक्रमण, तीनको मृत्यु

काठमाडौं, मंगलबार थप २९० जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । १२ हजार ४७३ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २५२ जनामा र चार हजार ६१६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३८ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३२ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा तीन जना सङ्क्रमितको मृत्यु भएको छ ।

देशभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५७७ पुगेको छ । यस्तै नेपालमा पाँच हजार २४२ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको