केएमसीको होस्टलमा बस्ने १८ वर्षीय सुशिलको मृत्यु

काठमाडौं, बागजबारस्थित काठमाडौं मोडल कलेज (केएमसी) को होस्टलमा बसेर कक्षा ११ मा अध्ययनरत विद्यार्थीको मृत्यु भएको छ ।
होस्टलका कर्मचारीले बाथरुममा नुहाउन पसेका १८ वर्षीय सुशिल निकै समयसम्म पनि ननिस्केपछि ढोका फुटाएर हेर्दा बेहोस अवस्थामा भेटिएका थिए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीका अनुसार सोमबार दिउँसो उनलाई उपचारका लागी काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको आइसियुमा उपचार हुँदै गर्दा सुशिल सहनीको मृत्यु भएको हो ।
यसैगरी होस्टलको लापरवाहीले उनको मृत्यु भएको भन्दै हाल विद्यार्थीहरु आन्दोलन उत्रिएका छन्
प्रतिकृया दिनुहोस्