August 17, 2022, Wednesday
२०७९ भाद्र १, बुधबार

नेपालमा २२० जनामा कोरोना पुष्टि, १ को मृत्यु

काठमाडौं पुस ५ गते । गएको २४ घण्टामा नेपालमा २२० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १४१ जनामा कोरोना परिक्षण गर्दा पीसीआर विधिबाट २१८ जना र एन्टीजेन परिक्षण विधीबाट २ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै गत २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ । थप २६३ जना संक्रमित डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा कुल संक्रमितमध्य ९७ दशमलव ९ प्रतिशत डिस्चार्ज भैसकेका छन् । नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको कुल संख्या भने ११ हजार ५७४ जना पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको