
काठमाडौं, नेकपाका दुई अध्यक्ष केपि शर्मा ओलि तथा पुष्पकमल दाहाल “प्रचण्ड ” बिच बालुवाटारमा वार्ता जारी रहेको छ । यी अध्यक्षबिच साउन २० गतेपछिको पहिलो वार्ता हो । पार्टीमा देखिएको विवाद सल्टाउन प्रयासस्वरुप अध्यक्ष प्रचण्ड तथा अर्का अध्यक्ष ओलिलाई भेट्न १२:१५ मा बालुवाटार पुगेका छन ।
प्रधानमन्त्रीका सञ्चार विज्ञकाअनुसार वार्तामा दुई अध्यक्ष बाहेक महासचिव विष्णु पौडेल र स्थायी कमिटका सदस्यहरु शंकर पोखरेल र जनार्दन शर्माको पनि सहभागिता छन । यसअघि साउन २० गते दुई अध्यक्षबीच वार्ता भएको थियो ।
साउन २१ गते विहानका लागि तय भएको वार्ता हुन नसकेपछि आज नौ दिनपछि दुई अध्यक्षबीच बार्ता भइरहेको छ । यसबीचमा आफ्ना पक्षीय बैठक र छलफल जारी राख्नुभएका दुवै अध्यक्षले सहमतिको प्रयास सकारात्मकरुपमा अगाडि बढिरहेको बताएका छन् ।







