
काठमाडौं पुस ४ गते । गएको २४ घण्टामा नेपालमा १८१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८७२ जनामा कोरोना परिक्षण गर्दा पीसीआर विधिबाट १३३ जना र एन्टीजेन परिक्षण विधीबाट ४८ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै गत २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ । थप २८९ जना संक्रमित डिस्चार्ज भएका छन् ।
हालसम्म नेपालमा कुल संक्रमितमध्य ९७ दशमलव ९ प्रतिशत डिस्चार्ज भैसकेका छन् । नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको कुल संख्या भने ११ हजार ५७३ जना पुगेका छन् ।







