January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

आज उधौली पर्व,नेपालका सबै धर्मावलम्बी,जातजाति भाषाभाषीबीच एकताबद्ध हुने प्रमकाे विश्वास

काठमाडौं, पुस ४ । प्रधानमन्त्री शेरबहादुर देउवाले किरात समुदायको महान पर्व उधौलीले नेपालका सबै धर्मावलम्बी, जातजाति भाषाभाषीबीच एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले हरेक वर्ष मङ्सिर शुक्ल पूर्णिमाका दिन मनाईने उधौली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा एक संदेश जारी गर्दै शुभकामना व्यक्त गरेका छन् ।

किरात समुदायको मान्यताअनुसार आजको दिनदेखि हिउँद सुरु हुने र यो समयमा लेकबाट घरपालुका वस्तुभाउ लिएर बेँसितिर बसाइ सर्ने समय भएको सङ्केतका रुपमा लिइन्छ । साथै अन्नबाली भित्र्याइएको खुसीयालीमा उक्त पर्व मनाउने चलन छ । यस पर्वमा परम्परागत भेषभूषा लगाएर किरात दाजुभाइ तथा दिदीबहिनीले सार्वजनकि रुपमा भेला भई परम्परागत एवं मनमोहक साकेला नृत्य तथा गीत प्रस्तुत गर्ने चलन छ । सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको