January 24, 2022, Monday
२०७८ माघ १०, सोमबार

एमालेको केन्द्रीय सल्लाहकारमा भीम रावल 


काठमाडौं, सत्तारुढ दल नेकपा एमालेले निवर्तमान उपाध्यक्ष भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएको छ ।

एमालेका महासचिव शंकर पोखरेलका अनुसार अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा उनले चासो नदेखाएपछि सल्लाहकारमा राखिएको हो । बाँकी जिम्मेवारीका लागि अध्यक्ष केपी शर्मा ओली र रावलको परामर्शबमोजिम हुने उनले जानकारी दिए ।

यसअघि पार्टीको गत मंसिर २५ र २६ गतेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को सल्लाहकारमा अमृतकुमार बोहरा थिए ।

शीर्ष समाचार

धेरै पढिएको