January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

थप २७४ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं पुस २ गते । गएको २४ घण्टामा नेपालमा २७४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १६ जनामा कोरोना परिक्षण गर्दा पीसीआर विधिबाट २६९ जना र एन्टीजेन परिक्षण विधीबाट ५ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै गत २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ । थप २७० जना संक्रमित डिस्चार्ज भएका छन् ।
हालसम्म नेपालमा कुल संक्रमितमध्य ९७ दशमलव ९ प्रतिशत डिस्चार्ज भैसकेका छन् ।

नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको कुल संख्या भने ११ हजार ५७० जना पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको