January 24, 2022, Monday
२०७८ माघ १०, सोमबार

विश्वभर कोरोना भाइरसको संक्रमण पछिल्लो समय उच्च गतिमा

अमेरिका र युरोपेली मुलुकमा कोरोना भाइरसको संक्रमण पछिल्लो समय उच्च गतिमा बढेको छ । अमेरिका, बेलायत, फ्रान्स र जर्मनीमा संक्रमण दर उच्च रहेको छ ।

रुसमा संक्रमण दर केही कम भए पनि मृत्युदर सबैभन्दा बढी छ । पछिल्लो २४ घन्टामा अमेरिकामा मात्रै १ लाख २४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । पछिल्लो विश्लेषणले अमेरिकामा एकै दिनमा संक्रमण दर ४० प्रतिशतले वृद्धि भएको छ भने मृत्युदर ३४ प्रतिशतले वृद्धि भएको पाइएको छ ।

यसैगरी करिब दुई करोड जनसंख्या भएको मुलुक बेलायतमा दिनदिनै संक्रमण वृद्धिको नयाँ रेकर्ड कायम भइरहेको छ । बुधबार एकै दिनमा ७८ हजारभन्दा बढी संक्रमित थपिएर गत जनवरी यताकै संक्रमणको उच्च रेकर्ड कायम भएको थियो । तर विहीबार नै संक्रमण वृद्धिको अर्को रेकर्ड कायम भएको छ ।

बिहीबार एकै दिनमा ८८ हजारभन्दा बढी नयाँ संक्रमित थपिएर अहिलेसम्मकै उच्च संक्रमण कायम भएको छ । फ्रान्समा एकै दिनमा ६० हजार नयाँ संक्रमित थपिएका छन् भने जर्मनीमा ५३ बढी संक्रमित थपिएका छन् ।रुसमा पछिल्लो २४ घन्टामा २८ हजार बढी नयाँ संक्रमित थपिए पनि मृत्यु हुनेको संख्या एकै दिनमा ११ सयभन्दा बढी छ । भारत लगायतका एसियाली मुलुकहरुमा भने संक्रमण दर र मृत्यु दर दुबैमा कमी आएको छ ।

शीर्ष समाचार

धेरै पढिएको