
काठमाडौं, बुधबार नेपालमा १८४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणअनुसार कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार १७६ र एन्टिजेन विधिद्वारा गरिएको परीक्षणमा हालसम्म ९ लाख ५ हजार ८९७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २६७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना निको हुने दर ९७.९ रहेको छ ।
आज कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५६७ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५२६ रहेको छ ।







