January 24, 2022, Monday
२०७८ माघ १०, सोमबार

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी

काठमाडौं, नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा विजयी भएका छन् । शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका उनले ३०२३ मत ल्याएर महामन्त्रीमा विजयी भएका हुन् ।

यसैगरी १९८४ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेर विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा निर्वाचित भएका छन् भने केन्द्रीय निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा गर्न बाँकी नै छ ।

प्रकाशशरण महत १५५० मतसहित तेस्रो स्थानमा रहे । प्रदीप पौडेल भने १४०९ मतसहित चौथो स्थानमा रहे। त्यस्तै मीनेन्द्र रिजालले ८०९ मत प्राप्त गरे । त्यस्तै राजाराम कार्कीले १०७ मत प्राप्त गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको