January 24, 2022, Monday
२०७८ माघ १०, सोमबार

कांग्रेस महामन्त्री: ४३९० मत गन्दा गगनको २८२३, शर्माको १८२४ मत

काठमाडौं, नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सानेपास्थित कांग्रेस मुख्यालयमा आजबाट सुरु भएको मतगणनामा महामन्त्रीमा गगन थापाको अग्रता कायमै रहेको छ ।

प्राप्त नतिजा अनुसार ४०९० मत गन्दा थापाले २८२३ मत ल्याएका छन् । सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो । विश्वप्रकाश शर्माले १८२४, प्रकाशशरण महतले १४५५, प्रदीप पौडेलले १३०३, मीनेन्द्र रिजालले ७५३ मत र राजाराम कार्कीले १०० मत प्राप्त गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको