April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

एक लाख टनभन्दा बढी खाद्यान्न खरिद गरिँदै

काठमाडौं, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालू आर्थिक बर्ष २०७७/७८ मा एक लाख टनभन्दा बढी खाद्यान्न खरिदका लागि करिब चार अर्ब नौ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त कम्पनिले देशमा हुनसक्ने अप्ठ्यारो परिस्थितिलाई मध्यनजर गर्दै खाद्यान्न मौज्दात राख्ने, व्यावसायिक कारोबार गर्ने र दुर्गम जिल्लामा खाद्यान्न आपूर्तिका लागि उक्त रकम विनियोजन गरेको बताएको छ ।
कम्पनीका अनुसार बजारमा खाद्यान्न आपूर्ति व्यवस्थालाई सहज बनाउन एक लाख टन खाद्यान्न खरिद गर्न लगेको कम्पनीको सुचना अधिकारिले जानकारी दिएका छन । उनका अनुसार यसपटक व्यापार गर्ने उद्देश्यसहित ६० हजार मेट्रिक टन धान र २५ हजार मेट्रिक टन चामल खरिद गर्ने लक्ष्य लिएर धानका लागि एक अर्ब ७९ करोड ३१ लाख ५५ हजार रुपियाँ र चामलका लागि करिब एक अर्ब २६ करोड ९२ लाख रुपियाँ छुट्याइएको छ । गोरखापत्र सभार

शीर्ष समाचार

धेरै पढिएको