January 19, 2022, Wednesday
२०७८ माघ ५, बुधबार

कांग्रेस महामन्त्री: २६४४ मतसहित गगन थापा जित नजिक, विश्वप्रकाशको १६८५ मत

काठमाडौं, नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सानेपास्थित कांग्रेस मुख्यालयमा आजबाट सुरु भएको मतगणनामा महामन्त्रीमा गगन थापा जित नजिक पुगेका छन् ।

प्राप्त नतिजा अनुसार ४०९० मत गन्दा थापाले २६४४ मत ल्याएका छन् । सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो । विश्वप्रकाश शर्माले १६८५, प्रकाशशरण महतले १३७५, प्रदीप पौडेलले १२१७, मीनेन्द्र रिजालले ७०६ मत र राजाराम कार्कीले ९२ मत प्राप्त गरेका छन् ।

हाल पार्टी कार्यालय अगाडि थापाका शुभेच्छुकहरुले नारबाजी गर्दै मतदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । यसैगरी यही अनुपातमा मत खसे विश्वप्रकाश शर्माले पनि जित्‍न सक्ने सम्भावना देखिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको