January 19, 2022, Wednesday
२०७८ माघ ५, बुधबार

जयनगर–बर्दिबास रेलमार्ग: बिजुलपुरा–बर्दिबास खण्डमा जग्गाको मुआब्जा निर्धारण

काठमाडौं, छिमेकी मुलुक भारत सरकारले निर्माण गर्ने जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत बिजुलपुरा–बर्दिबास खण्डमा जग्गाको मुआब्जा निर्धारण सकिएको छ । हाल जग्गाको मूल्य निर्धारण भइसकेको र बर्दिबास स्टेसनको लागि जग्गा प्राप्ति गरिएको छ ।

रेल विभागका महानिर्देशक दीपककुमार भट्टराईका अनुसार भारत सरकारले धनुषा जिल्लाको कुर्थाबाट महोत्तरीको बिजुलपुरासम्म रेलमार्ग निर्माण गरिरहँदा त्योभन्दा अगाडिको खण्डमा पनि निर्माणस्थल खाली गरिएको हो । पहिले बिजुलपुरादेखि बर्दिबास खण्डमा जग्गा प्राप्तिको समस्या रहेको उनले जानकारी दिए ।

विभागले जग्गा छुट्याइरहँदा भारतीय पक्षले ट्र्याक बनाउने तयारी गरेको छ । भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्ग बिजुलपुरा हुँदै बर्दिबाससम्म विस्तार हुनेछ ।

कुर्थाबाट बिजुलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर जयनगर–बिजुलपुरा ५२ किलोमिटर रहेको छ । जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि सरकारले भारत सरकारसँग सन् २०१० मा सम्झौता गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको