December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

६ हजार २ सय रुपैयाँले घट्यो सुनको भाउ

  • 1
    Share

काठमाडौं, नेपाली बजारमा एक लाख रुपैयाँभन्दा माथी पुगेको सुनको मुल्य यकै दिन छ हजार दुई सय रुपैयाँ घटेर बुधबार छापावाला सुनको मुल्य प्रतितोला ९५ हजार चार सय रुपैयाँँ र तेजाबी सुन प्रतितोला ९४ हजार कायम रहेको छ । सुनसँगै चाँदिको मूल्य घटेर एक हजार २१० रुपैयाँ प्रतितोला कायम रहेको छ ।


बुधबार बिहान साढे १० बजे अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस एक हजार ८८४ डलर पुगेका आधारमा नेपाली बजारमा मूल्य तय भएको हो । नेपाली बजारमा गत शुक्रबार सुनको मूल्य सबैभन्दा उच्च प्रतितोला एक लाख तीन हजार पाँच सय रुपियाँ पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटेका कारण नेपाली बजारमा पनि घटेको जनाएका छन । अन्तर्राष्ट्रिय बजारमा गत साता प्रतिऔँस दुई हजार डलरभन्दा माथि पुगेको मूल्य एकै दिन १३६ डलरसम्मले घटेको छ ।

शीर्ष समाचार

धेरै पढिएको