January 24, 2022, Monday
२०७८ माघ १०, सोमबार

थप २८० जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु


काठमाडौं मंसिर २९ गते । गएको २४ घण्टामा नेपालमा २८० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९९४ जनामा कोरोना परिक्षण गर्दा पीसीआर विधिबाट २५२ जना र एन्टीजेन परिक्षण विधीबाट २८ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै गत २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । थप ३३७ जना संक्रमित डिस्चार्ज भएका छन् ।
हालसम्म नेपालमा कुल संक्रमितमध्य ९७ दशमलव ९ प्रतिशत डिस्चार्ज भैसकेका छन् ।

नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको कुल संख्या भने ११ हजार ५६५ जना पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको