
काठमाडौं, कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । उनी पाँचौंपटक प्रधानमन्त्री रहेका देउवा दोस्रो कार्यकालका लागि पार्टीको सभापतिमा निर्वाचित भएका हुन् ।
मतदान अधिकृत सुनिल पाण्डेका अनुसार कुल ४६ सय २३ मत खसेकोमा २७३३ मत देउवाले पाएका हुन् भने कोइरालाले १८५५ मत पाए । ३५ मत बदर भए पनि निर्वाचन समितिले अन्तिम आधिकारिक मत घोषणा गर्न बाँकी छ ।
शुक्रबारदेखि काठमाडौंमा जारी कांग्रेसको १४ औँ महाधिवेशनले देउवालाई सभापतिमा निर्वाचित गरेको हो ।







