April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

राष्ट्रियसभाको ११औं अधिवेशन: पहिलो बैठकमा तीन अध्यादेश पेश

काठमाडौं, राष्ट्रियसभाको एघारौँ अधिवेशन अन्तर्गत मंगलबार पहिलो बैठक तीन अध्यादेश पेश गरेर सम्पन्न भएको छ । उक्त बैठकमा ‘तेजाब तथा घातक रासायनिक पदार्थ नियमन, अध्यादेश, २०७८’ मुख्य गरी विभिन्न छ अध्यादेश पेश भएको हो ।

सभाको अर्काे बैठक आगामी पुस ५ गते सोमबार दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’, र ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ पेश गरेका छन् ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूकातर्फबाट मन्त्री गुरुङले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ पनि पेश गर्नुभयो । मन्त्री यादवले ‘रेल्वे अध्यादेश, २०७८’ पनि पेश गरे ।

यसैगरी एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसद्लाई कारबाहीका लागि सिफारिश गरिएकामा त्यसको सुनुवाइ नगरेको आरोप लगाएर एमालेले संसद अबरुद्ध गरेको हो ।
 

शीर्ष समाचार

धेरै पढिएको