January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

मतगणना जारी: ३७७९ मत गन्दा देउवालाई १७९८ भोट, कोइरालालाई १४१३

काठमाडौं, नेपाली कांग्रेसको नयाँ सभापति चयनका लागि भएको चुनावको मतपरिणाम आउने क्रम जारी छ । हालसम्म प्राप्त मतगणनाको नतिजा अनुसार सभापतिमा शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ ।

अहिलेसम्म ३ हजार ७ सय ७९ मत गणना हुँदा प्रधानमन्त्री देउवाले १७९८ मत पाएका छन् भने अर्का उम्मेदवार शेखर कोइरालाले १४१३ र प्रकाशमान सिंहले २८६ मत प्राप्त गरेका छन् । यसैगरी विमलेन्द्र निधिले २०० मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १९ मत मात्र प्राप्त भएको छ ।

मंगलबार बिहान पौने ४ बजेबाट मतगणना सुरु भएको हो । बिहान ११ बजे सुरु भएको मतदान राति साढे ११ बजे सम्पन्‍न भएको थियो । पहिलो चरणमा सभापतिको मतगणना सुरु भएको हो ।

यसैगरी कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलक अनुसार कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको छ ।

शीर्ष समाचार

धेरै पढिएको