
कांग्रेस सभापति पदमा २६०० मतगणना हुँदा शेरबहादुर देउवाले १२२५, शेखर कोइरालाले ९८०, प्रकाशमान सिंहले २०४, विमलेन्द्र निधिले १६२ र कल्याण गुरुङले १२ मत ल्याएका छन् ।कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेकाे निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस सभापतिमा निर्वाचित हुन कुल खसेकोमध्ये ५१ प्रतिशत मत अर्थात् कम्तिमा २३४० मत आवश्यक पर्छ ।मंगलबार बिहान ४ बजेदेखि सभापतिको मतगणना सुरू गरिएको थियो ।
महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदातामध्ये ४ हजार ६ सय ७९ ले मत खसालेका छन् ।







