January 24, 2022, Monday
२०७८ माघ १०, सोमबार

कांग्रेसको मतदानस्थलमा पत्रकारहरुलाई दुर्व्यवहार : महासंघद्वारा विज्ञप्ति जारी

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतदान स्थलमा फोटो खिच्न नपाएकोमा पत्रकारहरुले विरोध जनाएका छन् । उनीहरुले राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका हुन् ।

फोटो पत्रकारहरु जारी मतदानको फोटो खिच्न बुथ तर्फ जाँदै गर्दा सुरक्षाकर्मीहरुले धकेलेर जान दिएनन् । त्यसको विरोधमा उनीहरुले क्यामरा डाउन गरेका हुन् । नेपाली काँग्रेसजस्तो जिम्मेवार पार्टीको महाधिवेशनमा पत्रकारलाई समाचार संकलनमा सहज बनाइनु पर्नेमा यस किसिमको व्यवहार र व्यवधान हुनु आफैंमा निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो ।

शीर्ष समाचार

धेरै पढिएको