

सिन्धुपाल्चोक बाह्रबिसे , पुर्व सूचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेत पिताजी को शव बोकेर घाट सम्म लैजान सहयोग गर्ने बालकृष्ण बस्नेत, सुजित बस्नेत, बासु बस्नेत, ज्ञानेन्द्र थापाका साथै युधिर पौडेलको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

याे खबर सँगै बाह्रबिसे बासिलाई खुसिकाे खबर प्राप्ति भएको छ ।उनिहरुले आज ह्याम्स अस्पतालमा कोरोना संक्रमण भए नभएको परिक्षण गराएका थिए । परिक्षण पछि सबै रिपोर्ट नेगेटिभ आएको सुजित बस्नेत ले हाम्रोकान्तिपुर जानकारी दिएका छ्न् ।
बस्नेतका पितामा काेराेना संक्रमितको रिपोर्ट पाेजेटिभ भएको भन्ने जानकारी मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आएपछि बाह्रबिसे बासि त्रासमा रहेका थिए । मन्त्रालयले नाम भने नखुलाए पनि साउन २३ गते बाह्रबिसेमा अन्तेष्टि गरिएको शव पूर्वमन्त्री बस्नेतका ८४ वर्षीय बुवा थिए ।





