
काठमाडौं, नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतदानस्थलमा फोटो खिच्न नपाएको भन्दै विरोधमा फोटो पत्रकारहरुले विरोध गरेका छन् ।
सोमबार फोटो पत्रकारहरुले राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका हुन् । फोटो पत्रकारहरु जारी मतदानको फोटो खिच्न बुथ तर्फ जाँदै गर्दा सुरक्षाकर्मीहरुले धकेलेर जान रोक थिएनन् । त्यसको विरोधमा उनीहरुले क्यामरा डाउन गरेका हुन् ।







