January 24, 2022, Monday
२०७८ माघ १०, सोमबार

नेपाली कांग्रेसको १४ औं महाधिवेशन : क कस्काे सहभागी ?

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा करिब ४ हजार ६ सय प्रतिनिधिहरु सहभागी भएका छन्। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको द्धीप बालेर उद्घाटन गरेका थिए। महाधिवेशनको उद्घाटन हुनुअघि विभिन्न समूदायलाई प्रतिनिधित्व गर्दै सांस्कृतिक झाँकी प्रस्तुत गरिएको हाे।

‘उत्साह, एकता, रुपान्तरणः सफल बनाऔं नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नाराका साथ सुरू भएको महाधिवेशनको उद्घाटन सत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, नेकपा (माले)का महासचिव सिपी मैनाली नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष सहितका नेताहरु सहभागी छन्।

शीर्ष समाचार

धेरै पढिएको